यस्तो छ ‘चिनी कम रंग कडा’को टिजर
17-September-2019

जक्सन डट कम 
भदौ ३०, पोखरा ।

निर्देशक गणेश देव पाण्डेले लेखेको फिल्म 'चिनी कम रंग कडा' को टिजर सार्वजनिक भएको छ । विवेक घिमिरे निर्देशित फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतको अभिनय रहेको छ ।

गणेश देव पाण्डेको निर्माण तथा लेखन फिल्मलाई  याचोपो रचलिक र लुका मौचेरीको खिचेका छन । फिल्मको कलरिंग तथा सम्पादन कृष्ण भण्डारीले गरेका छन् । फिल्ममा मानव सुवेदिको संगीत रहेको छ भने शृंगार विना पाण्डेले गरेकी हुन् । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । 

Write a Comment

Events
Random Picks