अनमोल केसीको लगानीमा ‘म त तिम्रै हुँ’ । फिल्ममा सुस्मिताको पुनरागमन
11-November-2015

फिल्म लेखक तथा कलाकार सुस्मिता केसीले फिल्म ‘म त तिम्रै हुँ’ निर्माण गर्दैछिन्। फिल्म निर्माणमा उनलाई सुवास थापा र छोरा अनमोल केसीले सघाउने छन्। सोमबारबाट छायाँकन हुने फिल्मको आइतबार राजधानीमा शुभ मुहुर्त गरिएको छ।

श्रीराम महतले निर्देशन गर्ने फिल्ममा सुस्मिताको साथमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्काको मुख्य भूमिका रहनेछ। सुष्मिताकै कथा रहेको फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, कृष्ण आचार्यको पटकथा तथा संवाद रहनेछ।

फिल्ममा अनमोल केसीको भूमिका रहने या नरहने अहिले सम्म खुलाईएको छैन। अनमोलले आमासँग फिल्ममा लगानी गर्न पाउँदा खुशी भएको बताउँदै फिल्म चलेको खण्डमा अन्य फिल्म बनाउने घोषणा गरे।

सुस्मिताका अनुसार फिल्मले महिला संवेदना, युवा पुस्ताको कथालाई उठान गर्नेछ। करिब ५ बर्षपछि सुस्मिता फिल्म निर्माण तथा अभिनयमा फर्किएकी हुन्। सुष्मिताले यस अघि फिल्म ‘नेपाली बाबु’ म तिमि बिना मरिहाल्छु’ जस्ता सफल फिल्मका कथा लेखि सकेकी छिन।

Write a Comment

Events
Random Picks