१२ वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको हास्यव्यंग टेलिश्रृंखला "तीतो सत्य" बन्द
17-November-2015

 मंसिर १ |

नेपाल टेलिभिजनमा ६०० भाग सम्म लगातार प्रदर्शन भएको हाँस्य टेलिश्रृखंला 'तितो सत्य' सदाका लागि बन्द भएको छ। तितो सत्यसँगै अन्य हाँस्य श्रृखंला पनि बन्द हुने क्रममा रहेको चर्चा चलिरहेको सन्दर्भमा श्रृखंलाका निर्देशक दिपक राज गिरीले 'तितो सत्य' आधिकारिक रुपमा बन्द भएको घोषणा आफ्नो फेसबुक मार्फत गरेका हुन्। फेसबुकमा स्टाटस लेख्दै दिपकले 'तितो सत्य आधिकारिक रुपमा बन्द गरियो' लेखेका छन्।

उनले दर्शकहरुलाई सम्बोऊन गर्दै ६०० भागसम्म चलेको नेपालकै सबैभन्दा लामो हाँस्य श्रृखंला अब नेपाल टेलिभिजनबाट प्रसारण हुनेछैन् भनेका छन्। उनले नयॉ विषयवस्तु नआउने र विभिन्न वाधाहरू बिच दर्शकहरू को चाहनालाई सम्बोधन गर्न नसकिएको अबस्थालाई मध्यनजर गर्दै र जबरजस्ती कार्यक्रमलाई टिकाइ रहनु भन्दा पछाडि हटनु नै उपयुक्त ठानी हाँस्य श्रृखंलाको १२ बर्षे यात्रालाइ पूर्ण विराम दिने निर्णय गरेको जानकारी सेयर गरेका छन्।

उनले 'तीतो सत्य'मा विश्राम लागे पनि नयाँ सोचका साथ छिट्टै फर्किने भन्दै नयाँ कार्यक्रमको पनि संकेत गरेका छन्।

deepak raj giri / jukson.com

उनले लेखेको फेसबुक स्टाटस यस्तो छ:

तीतो सत्य आधिकारिक रूपमा बन्द गरियो:
आदरणिय दर्शक महानुभावहरू ६०० भाग सम्म निरन्तर प्रसारण भैरहेको नेपालकै सबैभन्दा लामो हाँस्य धारावाहिक "तितो सत्य " अब नेपाल टेलिभिजनमा बाट प्रसारण हुने छैन्।
पछिल्लो समय धेरै पटक पूराना भागहरू दोहोरिने नयॉ विषयवस्तु नआउने र विभिन्न वाधाहरू बिच दर्शकहरू को चाहनालाई सम्बोधन गर्न नसकिएको अवस्थालाई विचार गर्दा , जबरजस्ती कार्यक्रमलाई टिकाइ रहनु भन्दा पछाडि हटनु नै उपयुक्त ठानी यो १२ बर्षे यात्रालाइ पूर्ण बिराम दिने निर्णय गरेका छौ।
यो लामो समय साथ दिने आदरणिय दर्शक नेपाल टेलिभिजन , सोम दाइ, मीडिया हब कलाकार टेक्निशियन लगायत सम्पूर्ण विज्ञापनदाताहरूमा हृदयदेखि धन्यबाद दिन चाहन्छौ ।कुनै पनि विश्राम शक्ति संचयका लागि हुनुपर्छ अत: यो पनि छोटो विश्राम मात्रै हो 
तीतो सत्य यूनिटले दर्शकहरू माझ सबै हाँस्य कलाकारको सहयोगमा " छ एकान छ" वडा नम्बर छ" जस्ता चलचित्र पनि नयॉ सोचकै कारण निर्माण गर्न सफल भयो अत: भविष्यमा पनि फेरी नयॉ सोचका साथ हाँस्य धारावाहिक तथा चलचित्र निर्माणलाई निरन्तरता दिने नै छ। दर्शकको माया निरन्तर पाउने आशा भरोसा सधै झैं मनमा सॉचेर बिदा हुँदैछौ। हाँसखेल गर्दैमा छुटिने बेला भो आजको दिनैमा ।
जय नेपाल

Write a Comment

Events
Random Picks