अत्यधिक मेकअपपछि युट्युबबाट चर्चित बनेकी रानु मण्डल पून : विवादमा
17-November-2019


एजेन्सी, १ मसिंर

लता मंगेशकरको गीत ‘एक प्यार का नगमा हैु’ गाएर रातारात युट्युबमा भाइरल बनेकी रानू मण्डल पूनः विवादमा परेकी छिन् ।

हालै एक कार्यक्रममा जाँदा रानूले गरेको मेकअपलाई लिएर अहिले सामाजिक संजालमा ट्रोल बनेको छ । उक्त कार्यक्रममा रानुले गरेको नसुहाउँदो मेकअपलाई लिएर सामाजिक संजालमा ब्यंङ्ग्य गरिएको छ ।सडकमा गीत गाएर गुजारा चलाउने रानुले गाएको गीत युट्युबमा भाइरल भएपछि गायन तथा नायक हिमेश रेशमियाले रानुलाई मुम्बई बोलाएर फिल्ममा गाउने अवसर दिए ।

उक्त फिल्ममा रानु र हिमेशले साथमा गाएको गीत ‘तेरी मेरी कहानी’ हिट भएपछि एउटै गीतले रानु सडकमा गाउने गायिकाबाट स्टेजमा गाउने गायिका बनिन् ।बिस्तारै उनको माग फिल्मको पार्श्व गायन तथा रियालिटी शोहरुमा समेत बढ्न थाल्यो । तर पछिल्लो समय रानुलाई घमण्डी बनेको आरोप लागेको छ । उनले यसअघि एक फ्यानले नजिक गएर बोलाउँदा अब म सामान्य मानिस होइन सेलिब्रिटी भइसकें भनेर जवाफ फर्काएकी थिइन् ।

Write a Comment

Events