लमजुङ सेवा समिति हङकङले सांगीतिक कार्यक्रम "मर्स्याङ्दी नाइट-५" गर्ने
21-November-2015

लमजुङ सेवा समिति हङकङले सांगीतिक कार्यक्रम "मर्स्याङ्दी नाइट-५" आगामी २७ डिसेम्बरको दिउँसो १ बजे बाट युनलङ थिएटर अडीटरियम हलमा प्रस्तुत गर्ने भएको कुरा सबैलाई जानकारी गराउन चाहन्छौ ! साथै चुले निम्तो पनि छ सम्पुर्ण हङ्कङ बासिलाइ !! 
यो नाइट अर्को कुनै नयाँ स्वरुप नभएर लम्जुङ सेवा समिति हङकङले प्रत्येक २ बर्षमा गर्दै आएको निरन्तरता नै हो।
बिशेषत: यहाँको हाम्रो नेपाली समाज एकार्काप्रतिको नैतिक जिम्मेवारी,चिन्तनशील सामाजिक व्यबहार,सहकार्यतापूर्ण साथ-सहयोग र आत्मीय न्यानोले ओतप्रोत भएर अबिरल छ।त्यसैले हामीलाई विश्वास छ हाम्रो संस्कृतिक बिबिधता बचाउनको निम्ति यसपटक पनि लोक दोहोरीका हस्तीहरु हास्याकलाकार अधुनिक गायन देखि यच के डान्स ग्रुपको नृत्य तपाईंहरु माझ पस्किने छौ ! दोहोरी तर्फ चर्चित गायक गायीका- राजु परियार टीका देबि पुन, चर्चित आधुनिक फिल्मी गायिका- मान्डबी त्रिपाठी, चर्चित हास्याकलाकार- सैलेन्द्र सिम्खडा, गुरुङ चलचित्र नायीका तथा गायिका/ उद्घघोसिका- माया गुरुङ, नयाँ प्रस्तुती लोक पप गायक- टेक बहादुर गुरुङ, यच के डान्स ग्रुपको बेजोड नृत्य प्रस्तुतीले भरपुर मनोरञ्जन दिनेछ भन्ने हामीलाई पुर्ण बिश्वास छ ! 
स्थान:- युनलङ थिएटर अडीटरियम हल
समय:- दिनको १ बजे बाट 
टिकट दर-
भी.आई.पि.
अन्य-३०० र २०० निर्धारण गरिएको छ।
कृपया टिकट र प्रायोजनकालागि सम्पर्क गर्नुहोस्।
जोर्डन बाट आउन जानको लागि स सुल्क बसको ब्यबस्था गरिएको छ !!