रोहित र अजय ‘गोलमाल ५’ बनाउने तयारीमा
30-November-2019


एजेन्सी,
मुम्बई, मसिंर १४

निर्देशक रोहित शेट्टी आफ्नो हिट फ्रेन्चाइज ‘गोलमाल’ मा काम गर्दैछन् । उनले अभिनेता अजय देवगनसँग मिलेर फिल्म ‘गोलमाल ५’ बनाउने तयारी गरेका छन् । ‘गोलमाल अगेन’ एक हरर कमेडी फिल्म थियो र अब मेकर्सले यसको पाँचौ पार्ट बनाउने फैसला गरेको छ । फिल्मको अर्को वर्ष छायांकन हुनेछ । 

पिंकविलाका अनुसार, यो फिल्म नयाँ र रोचक कहानीमा आधारित हुनेछ । अजयले भनेका छन्, ‘रोहित र म ‘गोलमाल’ को पाँचौ श्रृंखला बनाउने तयारीमा छौं । मैले पहिला पनि भनेको थिएँ कि यो मस्तीबाट भरिएको छ र मेरो फेभरेट सिरिज हो ।’ फिल्ममा अजयसँगै अरशद वारसी, कुणाल खेमू, तुषार कपूर, श्रेयस तलपडेले पुनः आफ्नो रोल निभाउनेछ । 

‘गोलमाल ५’ का लागि फिमेल लिड अर्को वर्ष नै खोजिने बताइएको छ । मुम्बई  मिररका अनुसार, रोहित शेट्टी ‘सिम्बा’ र ‘सूर्यवंशी’ बनाएपछि कप ड्रामा फिल्मबाट ब्रेक लिन चाहन्थे । यसकारण उनी ‘गोलमाल’ मा फर्किएका हुन् । अहिले पनि उनी ‘सूर्यवंशी’ को छायांकनमा व्यस्त छन् । यो फिल्ममा अक्षयसँगै अभिनेत्री कैटरीना कैफको प्रमुख भूमिका छ । 

त्यस्तै, अभिनेता अजय देवगन फिल्म ‘तानाजी स् द अनसंग वारियर’ मा देखिँदैछन् । यो उनको सयौं फिल्म हो । यसकारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । फिल्ममा उनको जोडी काजोलसँग बाँधिएको छ । २०२० जनवरी १० तारिखमा प्रदर्शनमा आउने फिल्ममा सैफ अली खानको पनि प्रमुख भूमिका छ । ओम राउत ‘तानाजी’ का निर्देशक हुन् ।

Write a Comment

Events