५० वर्षकी मोडल अझै युवती
24-November-2015

हङकङमा अहिले ५० वर्षकी एक मोडल निकै चर्चामा छिन् । उनी चलाखीपूर्ण तवरले आफ्नो उमेर लुकाउन सफल भएका कारण चर्चामा आएकी हुन् । 
उनका तस्विर हेर्दा उनको उमेर ५० वर्ष पुग्यो भन्ने अनुमान लगाउन गाह्रो हुन्छ । क्यान्डी ला नामकी यि मोडल हङकङमा अपरिचित अनुहार होइनन् ।
उनले सन् १९९१ मै मिस एशिया पिजियन्ट जितेकी थिइन् । तर यस वर्ष उनले इन्टरनेटमा शेयर गरेको तस्विरले धेरैलाई आश्चर्यमा परेको छ । थुप्रै रिपोर्टहरुले फोटोमा उनको उमेर २५ वर्षको जस्तो देखिने बताएका छन् ।

तीन छोराकी आमाले सम्बन्ध विच्छेद गरिसकिन् ।
उनी तीन छोराकी आमा हुन् र श्रीमान्सँग सम्बन्ध विच्छेद गरिसकिन् । उनले आफ्ना बच्चा हुर्काउन केही समय मोडलिंग छाडेकी थिइन् । अहिले समाजिक सञ्जालमा उनलाई प्रशंशासँगै गाली समेत मिलेको छ । धेरैले उनले फोटो राम्रो बनाउने क्रममा थुप्रै इफेक्टस्को प्रयोग गरेको कमेन्ट गरेका छन् । उनले सामाजिक सञ्जालमा आउनुको कारण भने खोलेकी छैनन् ।

Write a Comment

Events
Random Picks