अभिनेत्री रेखा थापा बिरुद्ध ठगीको उजुरी, रेखा भन्छिन् : 'मलाई फसाइयो'
26-November-2015

काठमाडौं, मंसिर १० । एक लाख रुपैयाँ लिएर  कार्यक्रममा नगएको भन्दै अभिनेत्री रेखा थापाविरुद्ध उजुरी परेको छ । खोटाङ जिल्ला प्रहरी कार्यलयमा उनीविरुद्ध उजुरी परेको हो ।खोटाङ प्रहरी प्रमुख विद्यानन्द माझीका अनुसार सगरमाथा जनसेवा समाजले आयोजना गर्ने कार्यक्रममा आउनका लागि रेखालाई दुई महिना अगाडी नै खबर गरिएको थियो । त्यसअनुरुप नै सिद्धार्थ बैंकमा एक लाख रुपैयाँ रेखाको खातामा जम्मा गरिएको थियो । तर, रेखा खोटाङ नगएपछि ठगी गरेको भन्दै उजुरी परेको हो ।


तर, रेखा थापाको भनाईमा उनलाई प्रकाश पुरी भन्ने व्यक्तिले फसाएका हुन् । रेखाले भनिन्,‘त्यो मान्छे फटाहा रहेछ । कार्यक्रममा जाने सम्झौता पनि भएको थिएन । सम्झौता नभई कोही कार्यक्रममा किन जान्छ रु मैले सम्झौता गरौं भन्दा दिदी पहिले बैंको खाता नम्बर दिनुस् अनि सम्झौता गर्न मान्छे पठाइदिउँला भन्यो । पछि पैसा हालिदिएको रहेछ । मलाई थाहा थिएन । सबिर श्रेष्ठ दाइले भनेपछि मात्र थाहा भयो । उसलाई म आउँदिन भन्ने थाहा थियो । कार्यक्रमको एक दिनअघि उसले मलाई फोन गर्दा भाइ म आउन सक्दिन, तिमी दिक्क लगाउने मान्छे रहेछौ । अब मलाई दिक्क नबनाउन भनेँ ।’


रेखाका अनुसार प्रकाश पुरीसँग उनको दोहोरो चिनजान छैन । उनको भनार्इमा सिद्धार्थ बैंकमा पैसा जम्मा गरिदिने गणेश पुरीलाई पनि उनी चिन्दिनन् । उनले भनिन्,‘त्यो मान्छेले खोटाङमा मेरो नाम बेचेर खाएको हो ।’

Events
Random Picks