पोखरामा कबड्डी कबड्डीको प्रिमियर शो (फोटो फिचर)
26-November-2015

माधब भुसाल जक्शन डटकम, मंसीर ११ । चलचित्र ‘कबड्डी कबड्डी’को बिहीबार पोखरामा प्रिमियर गरिएको छ । चलचित्रकी नायीका रिश्मा गुरुङ र सौगात मल्ल सहित पोखराका फिल्मकर्मी र पत्रकारहरुको उपस्थितीमा प्रिमियर गरिएको थियो । पोखरा बाहेक काठमाडौंमा पनि बिहीबार नै चलचित्रको प्रिमियर शो देखाइएको छ । 

रामबाबु गुरुङ निर्देशित चलचित्रलाई निकै आशलाग्दो चलचित्रका रुपमा हेरिएको छ। ‘कबड्डी’ को सिक्वेलका रुपमा दर्शक माझ आएको यस चलचित्रले बिशेषत त्रिकोणात्मक प्रेमलाई आफ्नो कथाबस्तु बनाएको छ । रिश्मा गुरुङ, सौगात मल्ल र दयाहाङ राइको लिड रोल रहेको यस फिल्मलाई दर्शकको राम्रो साथ मिल्ने चलचित्र युनिटको दाबि छ । 

पोखरा सिनेप्लेक्समा आयोजीत प्रिमियरमा उपस्थित दर्शकहरुले चलचित्र निकै राम्रो र मनोरञ्जनपुर्ण भएको बताएका छन् । ‘कबड्डी कबड्डी’ आज (शुक्रबार) देशभर प्रदर्शनमा आउँदैछ । 

for more photos, click here : http://jukson.com/event/308/kabaddi-kabaddi-vip-premier-show