सोनाक्षीले बिकिनी र किस सिन कहिल्यै पनि नदिने
29-November-2015

उनी भन्छिन् : 'मेरो दुलाहा अग्लो होस् ,बारम्बार मलाई हँसाइराखोस् '

‘दबंग’ बाट बलिउडमा पाइला चालेकी सोनाक्षी सिन्हा सोही फिल्मबाट संस्कारी नारीको उपमासमेत पाइन् । त्यसपछिका फिल्ममा समेत उनले खुलेर अंगप्रदर्शन र अन्तरंग दृश्यहरु दिएकी छैनन् । 
 
एक भारतीय सञ्चारमाध्यमसँग लामो कुराकानि गर्ने क्रममा सोनाक्षीले आफू कहिल्यै पनि खुलेर अंगप्रदर्शन पनि नगर्ने र अन्तरंग दृश्य पनि नदिने बताएकी छिन् । उनले भनिन्,‘मलाई लाग्छ म साहै् भाग्यमानी छु । मेरो विचारमा मेरो बाबाआमाको ख्यातिले मलाई पनि काम गरेको छ । यसैको कारणले म यहाँसम्म आइपुगेको हूँ । यो क्षेत्रमा जसले अंगप्रदर्शन गर्छ, त्यसको विरोधमा म छैन । कति मजबुरीका लागि गर्छन् त कति रहरमा या कति बुझेरै गर्छन् । तर, म अंगप्रदर्शनमा सिमा नाघ्न सक्दिन । म बिकिनी कहिल्यै लगाउँदिन र किस सिन पनि दिन्न ।’
 
सोनाक्षी प्रेमका बारेमा पनि खुलेकी छिन् । उनले आफू अहिलेसम्म सिंगल रहेको दाबी गर्दै विवाह भने प्रेमविवाह नै गर्ने बताइन् । ‘म प्रेम कहिले होला भनेर पर्खिरहेको पनि छैन र इन्कार पनि गरिरहेको छैन ।’ उनले थपिन्,‘त्यसो त विवाह, प्रेम भन्ने कुरा भाग्यका कुरा पनि हुन् । जहिले हुन्छ हुन्छ । तर, मेरो विवाह प्रेमबाटै हुन्छ ।  म चाहन्छु, मेरो दुलाहा अग्लो होस् । बारम्बार मलाई हँसाइराखोस् ।’