सय किलोकी जरीन यसरी बनिन् हट !
11-December-2015

मुम्बाई – भर्खरै प्रदर्शनमा आएको बलिउड चलचित्र हेट स्टोरीमा ग्ल्यामरर्स तथा हट लुक्समा देखिने बलिउड अभिनेत्री जरीन खान सधैँ यस्तो फिट थिइनन् । सन् २००५ मा जरिनको तौल १ सय किलो थियो । त्यतिबेला उनले हिरोइन बन्छु भनेर सपनामा पनि सोचेकी थिइनन् ।

तर ५ वर्षपछि नै आफ्नो वजन ३० किलो घटाएर उनले सलमान खान अभिनीत चलचित्र वीर खेलिन् । वीर चलचित्रमा सलमान खानकी प्रेमिकाको भूमिकामा देखिएपनि जरीन वजनलाई लिएर बलिउडमा ठूलै आलोचना भयो ।

त्यसपछि उनले वजन घटाउन योगा, कार्डियो बूटकैम्प र स्पेशल वेट लस प्रशिक्षण लिइन् । नतिजा, अहिले जरिन पहिलाको तुलनामा निकै फिट देखिन्छिन् ।

एकपटक अन्तरवार्ताका दौरान जरिनले चलचित्र खेल्नका लागि नभएर मिडियाकर्मीको आलोचनाबाट बच्नका लागि तौल घटाएको बताएकी थिइन् ।

Write a Comment