कुनै बेलाका बसका कन्डक्टर - बलिवुड का सबै भन्दा महंगा नायक, २६ करोड भारु लिन्छन पारिश्रमिक
13-December-2015

रजनीकान्त भारतमा सबैभन्दा बढी पारिश्रमिक लिने नायक हुन

फिल्म क्षेत्रमा आउनुभन्दा पहिले रजनीकान्त बसमा कण्डकक्टर भएर काम गर्थे

शनिबार रजनीकान्तको ६५ औं जन्मदिन हो । तर, यस वर्ष उनको जन्मदिन पहिलेजस्तो छैन । चेन्नईमा बाढी आएका कारण उनले आफ्नो जन्मदिन मनाउने कार्यक्रम रद्द गरेका छन् ।
 
उनका करोडौं प्रशंसक छन् तर, धेरैलाई उनका जीवनका धेरै रहस्य थाहा नहुनसक्छ। उनको यो जन्म दिनको अवसरमा सञ्चारमाध्यमहरूले उनका केही रहस्य खोतलेका छन्।


उनको जन्मदिनमा प्रशंसक भगवानको झैं अनुष्ठान गर्ने गर्छन् ।


टाइम्स अफ इण्डियाका अनुसार तमिल फिल्म उद्योगका ‘भगवान’ मानिने नायक रजनीकान्त महाराष्टमा« जन्मिएका हुन्। उनको चिनाको नाम शिवजी राव गायकवाड हो।
 
उनको मातृभाषा मराठी हो। धेरै भाषाका फिल्ममार्फत् अवार्ड पनि जितिसकेका रजनीकान्तले मातृभाषा मराठीमा फिल्म खेलेका छैनन्।
 
उनी हरेक फिल्म रिलिज भएपछि चेन्नई छोड्छन् र अक्सर हिमालयसम्म पुगेर फर्कन्छन्। फिल्म चेन्नई एक्प्रेसमा शाहरुख खानले ‘लुंगी डान्स...‘गीत रजनीकान्तलाई समर्पण गरेका थिए।
 
रजनीकान्त भारतमा सबैभन्दा बढी पारिश्रमिक लिने नायक हुन भने एसियामा उनी भन्दा अघि ज्याकी च्यानमात्र छन्। उनले एउटा फिल्म खेलेको २६ करोड भारुसम्म पारिश्रमिक लिएका छन्।
 
फिल्म क्षेत्रमा आउनुभन्दा पहिले रजनीकान्त बसमा कण्डकक्टर भएर काम गर्थे।
 
रजनीकान्तले ५ मे २०१४मा ट्वीटरमा खाता खोलका थिए। खाता खोलेकै दिन ट्वीटरमा उनलाई २ लाख ५० हजारल पछ्याएका थिए। एक दिनमा यसअघि कुनैपनि सेलिब्रेटीलाई यति धेरै फ्यानले पछ्याएका थिएनन्।

Write a Comment