आर्यन र नम्रताको ‘क्लासिक’ जोडी मन पराउलान् त दर्शकले ?
15-December-2015

माधब भुसाल, मंसीर २९ / नायक आर्यन सिग्देल र नायीका नम्रता श्रेष्ठद्धारा अभिनित चलचित्र क्लासिक माघ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको छायांकन सकिएको अवसरमा आयोजीत एक कार्यक्रममा दुवै कलाकारले यो आफ्नो बिशेष चलचित्र भएको बताएका छन् ।

एक्सन भन्दा पनि लभ स्टोरीे चलचित्रमा आर्यनलाई रुचाएका दर्शकले फेरी एकपटक त्यस्तै भुमिकामा देख्न पाउदैछन् । उनलाई साथ दिदै छिन् नम्रता श्रेष्ठले । त्यसो त ‘मेरो एउटा साथी छ’ मा दुबैको जाडीलाई दर्शकले रुचाए । कोरियन चलचित्र सँग स्टोरी मिल्दोजुल्दो पाइएपनि स्टोरी प्ले र प्रिजेन्टेसन सँगसँगै एक्टीङले पनि दर्शकले रुचाएका हुन् भन्न सकिन्छ ।

यता ‘नोभेम्बर रेन’लाई पनि दर्शकले साथ दिए । नोभेम्बर रेन पनि क्लासिक कै निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । उनले क्लासीकलाइ नोभेम्बर रेन भन्दा पनि उत्कृष्ट चलचित्र बनाउन खोजेको बताउछन् ।र क्लासिक चल्नेमा उनि विश्वस्त पनि छन् । 

क्लासीकको कुरा गर्दा कथावस्तु लामो समयसम्म दर्शकले संझिरहने भएकाले पनि क्लासिक नाम राखिएको परिभाषा आर्यनले दिएका छन् । उनले क्लासिकमा आफू र नम्रता दृष्टिबिहिनको भूमिकामा देखिएको जानकारी गराउँदै भूमिका च्यालेन्जिङ रहेको सुनाए । यता नम्रता श्रेष्ठ फिल्मको कथावस्तुसँगै यसको टिम पनि आफ्ना लागि विशेष भएकाले क्लासिक करिअरकै महत्वपूर्ण फिल्म भएको बताइन् ।

दिनेश राउतले निर्देशन गरेको यो फिल्मलाई आर्यनले निर्माता सुवास गिरीसँग मिलेर बनाएका हुन् । फिल्ममा आर्यन र नम्रताका अलवा रोमी घिमिरे, सुशिल काफ्ले, प्रज्वल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । 

पछिल्लो समय आर्यन अभिनित केही चलचित्रहरुले राम्रो ब्यापार भने गर्न सकेको छैन ।निर्देशकको विश्वास आर्यनको बिशेष र नम्रताले पनि आफ्नो करिअरकै महत्वपुर्ण ठानेकी दृष्टिबिहिनहरुको प्रेम कथामा आधारित ‘क्लासिक’ मार्फत पर्दामा आउन लागेका आर्यन र नम्रताको यो जोडी लाई दर्शकले साथ देलान् त ? 

सबैको पर्खाइमा माघ २९ । 

 

Write a Comment