छिट्टै सुरु हुँदै 'छैठौँ बिग आईकन'
15-December-2015

पोखरा, पौष १ । गायन रियालिटि शो ‘बिग आईकन’ को छैठौँ सँस्करणका लागि छिट्टै अडिसन सुरु हुने भएको छ । इभेन्टका लागि आवश्यक तयारीको काम तिव्र भैरहेकाले छिट्टै पत्रकार सम्मेलन गरी अडिसनको मिति घोषणा गरिने आयोजक संस्था विग एफएमका एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।

बिग आइकनमा सहभागि हुन चाहनेहरुका लागि अझैपनि फाराम वितरण भैरहेको र इच्छुक नवप्रतिभाहरुलाई फाराम भरेर आइकनमा सहभागि हुन उनले आग्रह गरेका छन् । विग आइकनमा सहभागि हुन चाहनेहरुका यसपटकदेखि अनलाइन फारामको समेत व्यवस्था गरिएको छ । अनलाइनबाट फाराम भर्नका लागि एफएमको आधिकारिक वेवसाइट एफएमबिगडटकम लगइन गर्न सकिने भण्डारीले बताए ।

बिग आइकनको आयोजक संस्था विग एफएमले केहि दिनमा नै ईभेन्टको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

छैठौँ सँस्करणको विग आईकनमा अहिलेसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपलडाली मसला र पोखरा सिने प्लेक्स रहेका छन् ।

यस्तै, सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन, होटल पार्टनरमा होटल बाराहि, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट न्युरोड, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

Write a Comment

Events
Random Picks