किन सर्यो ‘बाहुबली’ सिक्वेलको रिलिज डेट ?
16-December-2015

मुम्बई, पौष १ । बाहुबली सिक्वेलको रिलिज डेट सरेको छ । बताइएअनुसार बाहुबली सिक्वेल ‘बाहुबली द कन्क्लुजन’ को सुटिङ नै सकिएको छैन । फिल्मको  ७० प्रतिशत सुटिङ हुन बाँकी छ । सुटिङ सकिएपछि फिल्मको महत्वपुर्ण काम ‘भिएफएक्स’ सुुरु हुनेछ ।

फिल्मका निर्देशकले यसको जवाफ सन् २०१६ भित्रै दिने जनाएका थिए । तर, फिल्म २०१६ मा रिलिज नहुने भएको छ ।

निर्माण पक्षकाअनुसार २०१६ भित्र सुटिङ र भिएफक्स मात्र सकिनेछ। त्यसपछि प्रचारका लागि समय दिँदा रिलिज २०१७ मा मात्र हुनेछ । सन् २०१७ मा रिलिज हुने बताइएपनि कुन महिनामा रिलिज हुने बताइएको छैन ।

बाहुबलीले ६०० करोडभन्दा बढीको कारोबार गरेको थियो ।

Write a Comment