यसकारण बनाउन मिल्दैन अब फेसबुकमा फेक अकाउन्ट (fake account)
16-December-2015

एजेन्सी, पुस १ / सामाजिक संजाल फेसबुकमा अब फेक अकाउन्ट बनाउन नपाइने भएको छ । फेसबुकले रियल नेम पोलिसी मा केही परिवर्तन गरेपछि फेक अकाउन्ट बनाउन नपाइने भएको हो ।  ‘रियल नेम पोलिसी’ मा केही परिवर्तन गरेको कम्पनीले एक ब्लग पोष्टमा बताएको छ।
 
फेसबुकको यस ‘रियल नेम पोलिसी’ (Real Name Policy) अन्तर्गत अब नयाँ फेसबुक एकाउन्ट बनाउँदा प्रयोगकर्ताले आफ्नो बारेमा केही थप जानकारी राख्नु पर्ने हुन्छ। यसो गर्दा उक्त एकाउन्ट फेक (Fake) होइन भनेर कन्फर्म (Conform) हुनेछ। यस नयाँ सिस्टममा एलजीबिटी (LGBT) र नन वेस्र्टन नेमलाई पनि प्राथमिकता दिइएको छ। यस नयाँ सिस्टमलाई हाल अमेरीकामा सुचारु गरिएको छ र विस्तारै अन्य देशहरुमा पनि लागू गरिने जानकारी कम्पनीले दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन्। 
 
फेसबुकको ‘रियल नेम पोलिसी’ (Real Name Policy)मा ,परिवर्तन गर्नु अघि कम्पनीले धेरै रिसर्च गरेको र आगामी दिनमा पनि रियल र फेक (Fake) एकाउन्ट बनाउनका चिन्नका लागि नयाँ नयाँ रिसर्च गरिने फेसबुकका क्रिस कक्स (Chris Cox) ले जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन्।
 
फेसबुकका अनुसार प्रयोगकर्ताले एकाउन्ट बनाएको १ हप्ता भित्र कम्पनीका कर्मचारीहरुले एकाउन्टलाई भेरीफाई (Verify) गर्ने छन्। उक्त समयमा भने प्रोयागकर्ताले आफ्नो नयाँ एकाउन्ट सामान्य तरिकाले प्रयोग गर्न सक्ने छन्। कुनै एकाउन्टका बारेमा यदि कम्पनीलाई कुनै प्रकारको शंका लागेमा कम्पनीले उक्त प्रयोगकर्तासँग सम्पर्क गर्ने छ वा ठोस कदम चाल्ने छ। 

 

Write a Comment