सलमानको विवाहका लागि “एक्साइटेड” दीपिका
16-December-2015

बलिउड अभिनेता सलमान खानको विवाहको प्रतीक्षा उनका प्रशंसकले गरिरहेका छन् । तर, कमैलाई थाहा होला सलमानको विवाहको बलिउडकै अभिनेत्री दीपिका पादुकोणलाई पनि व्यग्र प्रतीक्षा छ ।

दीपिकाको यो प्रतीक्षा अनुमान होइन, उनकै अभिव्यक्ति हो । केही दिनअघि मात्र अन्तर्वार्तामा दीपिकाले सलमानको विवाहको प्रतीक्षा गरिरहेको बताएकी थिइन् । सलमानको ५०औँ जन्मदिनमा दीपिकाले के उपहार दिने भन्ने प्रश्नमा उनले जवाफ दिएकी थिइन्, ‘म उनलाई एउटी बेहुली उपहार दिन चाहन्छु।’

अर्कातिर १३ वर्षे पुरानो ‘हिट एन्ड रन’ मुद्दामा सफाइ पाएपछि सलमानले अर्को वर्षैभित्र विवाह गर्ने अड्कलबाजी पनि चलेका छन् । यही मुद्दाका कारण सलमानले अहिलेसम्म विवाहलाई टारिरहेको भन्ने पनि छन् । अब सलमानको विवाहलाई लिएर दीपिका ‘एक्साइटेड’ देखिएकी छिन् ।नयाँ पत्रिका  दैनिकमा खबर छ ।

Write a Comment