खोजेजस्तो केटा नै पाएको छैन : शालु गौतम
19-December-2015

पछिल्लो समय हेर्ने हो भने मोडल बन्नेहरुको लाइन निकै लामो छ । काँचको पर्दामा देखिन होस् या मोडल भनेर आफुलाइ चिनाउन होस् युवतिहरुको आकर्षण मोडलिङमा ह्वात्तै बढेको पाइन्छ । यो क्षेत्रमा रहर गर्ने त धेरै छन् तर सफल भएर चर्चा कमाउने भने कमै मात्र छन् । छोटो समयमा नै मोडलिङ सँगसँगै गित गाएर आफुलाइ स्थापित गराइसकेको एउटा नाम हो शालु गौतम । उनि नेपाल आएको एक बर्ष मात्रै भएको छ । उनको ब्यक्तिगत र करिअरमा अधारीत जक्शन डटकमका लागी माधब भुसालले गरेको यो कुराकानी :

१. यति छोटो समयमा शालु गौतम चर्चामा आउनुको श्रेय कसलाइ दिनुहुन्छ ? 
     आफ्नो लगनशिलता र मिहेनतको नतिजा हो यो । यदी म मिहेनत नगरेको भए सायद आज शालु गौतम यो स्थानसम्म हुन्थिन होला ।  
२. तपालाई मोडल, सिङ्गर अथवा डान्सर के भन्ने ? 
     म आफुले जानेको सबै काम गर्दा इन्जोए गर्छु । म डान्स पनि गर्छु, गित पनि गाउछु र एज अ मोडल पनि काम गरिराको हुन्छु । यो मात्र भन्ने एउटा          टाइटल छैन । 
३. अहिलेसम्म कसैसँग रिलेशनमा हुनुहुन्छ कि छैन ? 
     एक्चुअल्ली अहिले सम्म रिलेशनमा छैन । प्रपोज त थुप्रै आइराको हुन्छ तर खोजेजस्तो केटा नै पाएको छैन । 
४. तपाइलाई कस्तो केटा मन पर्छ ? 
    एकदम सिम्पल । आउटर लुक्स खासै भ्यालु लाग्दैन । मन सुन्दर हुनपर्यो । 
५.सेक्सलाई कसरी लिनुहुन्छ ? 
    यो एउटा नेचुरल निड हो । 
६. आफुलाई चर्चामा ल्याउनका लागी बोल्ड फेटो शुट दिने गर्छन् मोडलहरु भनिन्छ नि ? 
    आजकल यो एकदम बढीराछ । साच्चे भन्ने हो भने मोडलिङ नबुझ्नेहरु यो क्षेत्रमा आफ्नो प्रभुत्व जमाउनका लागी त्यसो गर्छन् । 
७. तपाई आफुलाई कसरी उभ्याउनुभएकोछ यो ठाउमा ? 
    हो बोल्ड शुटहरु म पनि दिन्छु । तर स्टोरी अनुसारको । सानो दायरामा रहेर सोच्नेहरुले यसलाई नराम्रो मान्छन् तर आइ एम इन्जोइङ इट । मेरो फेटो         ग्ल्यामर छ तर भल्गर अवश्य छैन । 
८. अन्त्यमा आफ्ना फ्यानहरुलाई के भन्न चाहानुहुन्छ ? 
     सबैले मलाई, मेरो कलालाई मन पराइदिनुभाको छ । सधैं यसरी नै साथ दिनुहोला । यही भन्न चाहान्छु । 

for more photos : http://jukson.com/model/shalu-gautam-gallery-2

 

Write a Comment

Events
Random Picks