'स्वतन्त्र छु' भन्दै नायिका प्रियंकाले के गरिन् यस्तो (भिडीयो सहित)
1-January-2015

जक्शन डटकम, पौष १८ । नायिका प्रियंका कार्कीले आफ्नै स्वरमा रहेको गीतको भिडियो सार्वजनिक गरेकी छिन् । नायिका कार्कीले ‘स्वतन्त्र’ बोलको गीतको भिडियो युट्युवमार्फत अंग्रेजी नयाँ वर्षकै दिन सार्वजनिक गरेकी हुन्। 
 
सार्वजनिक गीतको भिडियोमा नायिका प्रियंका निकै नै ग्ल्यामर रुपमा देखा परेकी छन्। आफैले स्वर भरेको गीतको म्युजिक भिडियोको निर्देशन पनि नायिका कार्की आफैले गरेकी हुन् ।

शैलेन्द्र सिंहले रचना गरेको गीतमा संगीत भने शैलेश श्रेष्ठले भरेका छन् ।