‘म के भनु’ ड्रिम्सको गित सार्वजनिक (हेर्नुहोस् भिडियो)
25-January-2016

जक्शन डटकम । फाल्गुन २१ मा प्रदर्शनमा आउन लागेको फिल्म ड्रिम्सको गित सार्वजनिक भएको छ । म के भनु बोलको गितमा फिल्मका नायक अनमोल र नायीका सम्रज्ञी देखिएका छन् । 

हरकुलिश बस्नेतको शब्द स्वर रहेको यस गीतमा सोमिया बरैलीको पनि स्वर सुन्न सकिन्छ । विशेष पाण्डेको संगीत रहेको गितमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

चलचित्रलाई अभिनेता भुवन केसीको निर्माण तथा निर्देशन गरेका हुन् ।भुवन केसीले डेब्यु निर्देशन गरेको यस चलचित्र ‘ड्रिम्स’ अहिले बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । चलचित्रबाट साम्राज्ञीराज्य लक्ष्मी शाह र सन्ध्या केसीले डेब्यु गर्दैछन् ।