सम्बन्धलाई यसरी बनाउनुस् रोमान्टिक
28-January-2016

एजेन्सी– विवाहपछि दम्पतीको जीवन एकनासले बित्न थाल्छ । त्यस्तो अवस्थामा आपसी प्रेम तथा सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने हुन्छ । जीवनशैलीलाई केही रोमान्टिक बनाउनुपर्छ, जसले नयाँपन महसुस गराउँछ ।

दाम्पत्य जीवनलाई रोमान्टिक बनाउन धेरै खर्च गर्नु वा हनिमुन डेस्टिनेसनमै जानुपर्छ भन्ने छैन । आफ्ना अन्तरंग पललाई केही रोमान्टिक बनाइदिए पुग्छ । दुवै मिलेर मनपर्ने खानेकुरा तयार गर्न सकिन्छ । मैनबत्तीको मधुरो प्रकाशमा रमाइलो गर्दै खाना खान सकिन्छ । कहिलेकाँही हलमा गएर चलचित्र हेर्न सकिन्छ ।

सुत्नुअघि मधुरो आवावमा संगीत सुनौँ । एक्लै कोठामा बसेका बेला दुवैले अलि हट डे«सअप गर्नु पनि फाइदाजनक हुन्छ ।

Write a Comment

Events
Random Picks