
माघ १५, काठमाडौं। नायक भूवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’को पहिलो गीतले युटुबमा लाइक भन्दाबढी डीसलाइक पाएको छ ।
गीत सार्वजनिक भैसकेको तिन दीनपुग्दा समेत १ लाख पाच हजार पटक मात्र हेरिएको छ । जुन ट्रेलरको तुलनामा आकाश पातालको फरक हो । आफ्नो चलचित्रको गीतलाई लाइक भन्दापनि बढी डीसलाइक आएपछि निर्माण युनीट यतिबेला तनाबमा छ । जानकारीमा आएअनुसार यतिबेला निर्माता तथा निर्देशक भूवन यो भिडियोलाई हटाएर नयाँ भिडीयो अपलोड गर्ने मनसायमा समेत पुगेका छन् ।
चलचित्रको ट्रेलरको खुबै चर्चा भएको थियो यस्तै ट्रेलरलाई भने १० लाख भन्दा बढीले हेरिसकेका छन् ।
सुपर काजोल फिल्मस्को ब्यानरमा तयार भएको यो चलचित्रको ‘म के भनुँ’ बोलको गीत गत जनवरी २५ तारिख सार्वजनिक गरिएको हो ।
कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा हेर्कुलस बस्नेतको शब्द र रोदितको संगीत रहेको छ ।
गीतमा चलचित्रका नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्य लक्ष्मीलाई केन्द्रित गरि फिचर गरिएको छ । हेर्कुलस बस्नेत र सोमिया बराइलीको स्वर रहेको यो गीत युट्युबबाट सोमबार सार्वजनिक गरिएको हो ।