क्याटरिनाको कपाल रातो पार्दा २ नेपाली फिल्म बराबरको बजेट चट
28-January-2016

एजेन्सी, मुम्बई । १२ फेब्रुवरीमा रिलिज हुने फिल्म फितुरमा रहेको अभिनेत्री क्याटरिना कैफको रातो कपालले धेरैको ध्यान तानेको छ। धेरैलाई क्याटरिनाको उक्त कपाल मनपरेको छ। तर, सो कपाल बनाउन लागेको खर्च सुन्दा भने जो कोहीले पनि आश्चर्यले जिब्रो टोक्न सक्छन्।

सामान्यतया क्याटरिनाले खर्च गरेको उक्त रकममा सामान्य २ नेपाली फिल्म नै तयार हुन्छन्। भारतीय संचारमाध्यमहरुका अनुसार क्यटरिनाको सो कपालका लागि ५५ लाख भारू खर्च भएको लेखेका छन्। क्याटरिनाको कपालमा सो रंग दिनलाई कुनै स्थानिय हेयर स्टाइलिस्ट नभेटेपछि क्याटरिनाले लन्डनका हेयर स्टाइलिस्टको साहारा लिदां उक्त ठूलो धनराशी लागेको बताइन्छ।

कपालमा सो रंग कायम राखिराख्न क्याटरिना फस्ट क्लास सिटको प्लेन यात्रा गर्दै पाँच तारे होटलमा बस्दै पटक(पटक लन्डन सयर गर्दा उक्त ठूलो धनराशी लागेको हो।

सेतोपाटीबाट

Events
Random Picks