संस्कारी बन्दै सन्नी
28-January-2016

मुम्बाई – जनवरी २९ मा रिलिज हुन लागेको चलचित्र ‘मस्तीजादे’ को प्रवद्र्धनमा अहिले सनी लियोन लागेकी छिन् । सनी लियोन यस चलचित्रको प्रवद्र्धनका लागि टेलिभिजन शो ‘चिडिया घर’ पुगिन् । उनी आइतबार संस्कारी बाबूको नामबाट चिनिएका केसरी नारायण अर्थात राजेन्द्र गुप्ताको घरमा पाठ पढ्न पुगेकी थिइन् ।

सनी आउने बित्तिकै केसरी नारायणको घर वरपरका बासिन्दा एकजुट भएका थिए । उनी गणतन्त्र दिवसका दिन यस टेलिभिजन शोको विशेष एपिशोडमा अभिनेता वीर दास र निर्देशक मिलाप झावेरीसँगै उपस्थित थिइन् । 

चलचित्रको प्रवद्र्धनका क्रममा सनीले डिजाईनर पारुल जे मौर्याले तयार गरेको पोशाक लगाएकी थिइन् ।