रोनाल्डोकी पूर्व प्रेमिकाको फेरि ब्रेकअप
2-February-2016

न्युयोर्क – फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसँग ब्रेकअप भएको एक वर्ष पनि नबित्दै रसियाली मोडल इरिना शायेकको फेरि ब्रेकअप भएको छ । रोनाल्डोलाई छाडेपछि सन् २०१५ को अप्रिलदेखि हलिउड स्टार ब्राड्ली कुपरसँग डेट गर्न थालेकी थिइन् । तर, ९ महिनापछि नै दुवैको सम्बन्ध बिग्रिएको बेलायती मिडियाले बताएका छन् ।

डेली मिररका अनुसार ३० वर्षीया इरिना र ४१ वर्षीय कुपरकी आमा ग्लोरियाबीच सम्बन्ध नराम्रो भएको कारण दुवैको ब्रेकअप भएको हो । क्रिसमसको बेलमा दुवैबीच भनाभन भएको बताइएको छ ।

आफ्नी आमासँग नजिक रहेका कुपरले इरानाको सट्टा आमाको पक्ष लिएपछि सम्बन्धको अन्त्य भएको डेली मिररले दाबी गरेको छ ।

Write a Comment

Events
Random Picks