‘कसले भन्यो मेरो ब्रेकअप भयो ?’- क्याट्रिना
7-February-2016

केही दिनयता बलिउडमा चर्चामा छ– अभिनेता रणवीर कपुर र अभिनेत्री क्याट्रिना कैफको ब्रेकअप । यो जति चर्चा भयो, त्यति नै क्याट्रिना र रणवीरको कुरा सुन्न खोजियो ।

तर, उनीहरू यस विषयमा लामो समय केही बोलेनन् । अब क्याट्रिनाले मुख खोलेकी छिन्, तर उनको जवाफ अपत्यारिलो छ । एउटा टिभीमा अन्तर्वार्तादिन पुगेकी क्याट्रिनाले भनिन्, ‘कसले भन्यो, मेरो ब्रेकअप भयो रु ब्रेकअप हुनका लागि सम्बन्धमा हुनुपर्छ ।

म कहिल्यै पनि सम्बन्धमा थिइनँ ।’ उनले थपिन्, ‘मेरो ब्रेकअप भयो भन्नेहरूले मेरो सम्बन्ध कोसँग थियो भन्ने पनि भनून् ।’ कार्यक्रममा क्याट्रिनासँग तब्बु पनि थिइन् ।

१२ फेब्रुअरीमा रिलिज हुने फिल्म ‘फितुर’को ‘प्रमोसन’ गर्न त्यहाँ पुगेका यी दुईले एक–अर्कासँग भ्यालेन्टाइन्स डे मनाउने योजना पनि सार्वजनिक गरे । 

एजेन्सी/नयाँपत्रिकाबाट

 

Events
Random Picks