पोखरामा टिचरको च्यारिटी , यथार्थता चित्रण गरेको भन्दै शिक्षक हरुले गरे प्रशँसा
12-February-2016

निर्देशक शोभित बस्नेत यति बेला फिल्म टिचरको च्यारिटीका लागि पोखरामा रहेका छ । करिव २ हप्ता देखि पोखराका विभिन्न बिद्यालय हरुले फिल्म हेरिरहेका छन् ।

फिल्म हेरिसकेपछी विद्यार्थी र शिक्षक हरुले फिल्म निकै मन परेको बताएका छन् । शिक्षक विद्यार्थी बिचको सम्बन्ध लाई उठाएका फिल्म चितवन र हेटौंडा सफल रुपमा प्रदर्शन भइसकेको छ । निर्देशक बस्नेत भन्छन् :- 'पोखरामा २ हप्ताको लागि बिद्यालयहरु ले समय लिइसक्नु भएको छ , अझै अन्य बिद्यालयहरु ले पनि समय मिलाउदै हुनुहुन्छ , मलाई लाग्छ हेटौंडा र नारायणघाटम भन्दा पोखरामा अझै धेरै दिन सम्म चल्ने छ । ' फिल्मलाइ शिव कुमार रखालले निर्माण गरेका हुन् । नेपाल पछि हङकङ , मलेसिया लगाएत देशमा प्रदर्शन गरिने निर्माता रखाल ले बताए ।

Write a Comment

Events
Random Picks