‘प्रेम गीत’ले रेखा थापाको मन मुटु नै हल्लाई दिए पछि
17-February-2016

" नेपालमा बन्ने  सैयौ चलचित्रका बारेमा साएद मा लेखेर पनि भ्याउदिन होला 
 तर प्रेम गित यस्तो गित बनिदियो मन मुटु नै हल्लाई दिए पछि लेख्नै कर लाग्यो ": 
 रेखा थापा

शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत’ले अहिले देश भरिका हलमा उत्कृस्ट व्यापार गरिरहेको छ ।चलचित्र हेर्ने दर्शकको साथ सगै सबैको उत्कृस्ट प्रतिक्रया पाएको चलचित्र ‘प्रेम गीत’लाई नराम्रो भन्ने दर्शक सायद भेटिन गारो पर्ला ।गीत संगीतले प्रदर्शन अघि नै सबैको मन जितेको यस चलचित्रले हलमा प्रदर्शनमा आए पछि शानदार व्यापार गरेको छ ।ठुलो लगानीमा निर्माण भएको यस चलचित्रले पहिलो हप्तामा नै राम्रो ब्यबसाय गरेकोले नेपाल बाट नै आफ्नो लगानी उठाउने देखिएको छ ।बाहिरको धेरै देशमा माग भएको यस चलचित्रको बाहिर देशको कमाई भने निर्मातालाई फाइदा हुने देखिएको छ ।

गत बुधबार चलचित्रको शानदार प्रिमियर गर्दा देश बाहिर रहेकी स्टार नायिका रेखा थापाले नेपाल आए लगतै चलचित्र ‘प्रेम गीत’ हेरी सके पछि चलचित्रलाई “विदेशी चलचित्र सँग एकदम तुलना गर्न लायक चलचित्र बनेको’ प्रतिक्रिया दिएकी छैन ।उनले निर्देशक सुदर्शन थापाको काम राम्रो भन्दै बधाईको पात्र नै निर्देशक भएको भन्दै नायक नायिकाको अभिनयको समेत तारिफ गरेकी छिन् ।रेखाले अचम्मित तुल्यायो, जुन मेहनत फिल्ममा प्रष्ट देखिन्छ । हाँसो, पीडा, आँसु रोदनले भरिएको चलचित्र जसले अझै धेरै सफलता पाउनेमा ढुक्क छु’भन्दै चलचित्रको बारेमा खुलेरै तारिफ गरेकी छिन् ।नायिका रेखाले आफुले अभिनय गरेको र जस्तो पायो तेस्तो चलचित्रको बारेमा यसरि राम्रो प्रतिक्रिया दिएकी हुदैन तर यस चलचित्र हेरे पछि भने उनले चलचित्रको खुलेरै तारिफ गरेकी छिन् ।

आफुले अभिनय गरेका चलचित्रको समेत तेती प्रसार प्रसारमा न हिन्ने रेखाले चलचित्र ‘प्रेम गीत’को सुरुको दिन बाट नै गीत संगीतको समेत तारिफ गर्दै आएकी छिन् । हुन् त् राम्रो चलचित्र बनाउना सके दर्शक आफै हल सम्म आउछन् भनेर चलचित्र ‘प्रेम गीत’ले प्रमाणित गरिदिएको छ ।चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्।चलचित्रमा प्रदीप खड्का, पूजा शर्मा, सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।यस चलचित्रका निर्देशक सुदर्शन थापाले नायिका रेखा थापाको नया चलचित्रको समेत निर्देशन गर्ने हल्ला फिल्मी बजारमा चलेको छ ।रेखाले निर्माण गरेको नया चलचित्र ‘रामप्यारीचैत २६ गते बाट रिलिज हुन लागेको छ।चलचित्र ‘रामप्यारी’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।चलचित्रमा रेखा सगै सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी पनि मुख्य भूमिकामा रहेका छन् ।

 

Write a Comment

Events