बलिउड अभिनेत्री बिपासा बासूले बिहे गर्दै
21-February-2016

बलिउड अभिनेत्री बिपासा बासूले बिहे गर्ने भएकी छिन् । उनले आगामी मार्चमा करण सिंहसँग इन्गेजमेन्ट गर्नेछिन् । त्यसपछि मात्रै बिहेको मिति टुंगो लाग्नेछ । करण सिंह र उनकी श्रीमती जेनिफर विन्गेटको सम्बन्ध विच्छेद पुरा नभइसकेका कारण बिपासाले तत्कालै बिहेको मिति घोषणा गर्न पाएकी छैनन् ।

तर मार्चमा उनले अनौपचारिक रुपमा बिहेको घोषणा गर्नसक्ने बताइएको छ । जेनिफर र करणबीचको सम्बन्ध विच्छेदको मुद्दा अहिले अदालतमा छ । छिट्टै नै यसको अन्तिम फैसला आउनसक्ने बताइएको छ ।

विपाशा र करणका साथीले सार्वजनिक गरे इन्गेजमेन्टको प्लान
विपाशा र करणका एक नजिकका साथीले उनीहरुको इन्गेजमेन्टको प्लान सार्वजनिक गरेका हुन् । तर, विपाशाले इन्गेजमेन्टमा विश्वास नलाग्ने भन्दै आफ्नो बिहे भएपछि एकैपटक दुनियाँले पत्तो पाउने बताएकी छन् । उनले सबैलाई आफ्नो आधिकारीक घोषणाको प्रतिक्षा गर्न आग्रह गरिन् ।

Events
Random Picks