टाट पल्टीएका बलिउड सेलिब्रेटी, अभिताभ बच्चन देखि शाहरूख खानसम्म
22-February-2016

एजेन्सी, मुम्बई, फागुन १०

मानिसले कमाएको सम्पति सधैं एकनाश रहिरहदैन्। उनीहरुको कमाइले पनि जीवनमा उतारचढाव देख्छन्। बलिउड स्टारहरुले फिल्मबाट मनग्गे कमाइ गर्छन्। उनीहरुको कमाइ लोभलाग्दो हुन्छ। तर सधै एकनाश हुँदैन्। बलिउडमा त्यस्ता स्टारहरु छन् जो टाट पल्टिएका छण्। यसका पछाडी उनीहरुले थालेका व्यापार व्यवसाय घाटामा गएर, निर्माण गरेका फिल्म फ्लप भएर आदि कारणहरु रहने गरेका छन्। त्यस्तै बलिउड स्टारहरुमा महानायक अभिताभ बच्चन देखि शाहरूख खानसम्म पर्छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शाहरूख खान

शाहरूख खानले आफ्ना बच्चाहरुको सपना पूरा गर्न 'रा. वान' फिल्म बनाए जसमा उनले आफ्नो सारा पैसा लगाए र सिध्याए। झण्डै १०० करोड भारूमा बनेको फिल्म वक्सअफिसमा फ्लप भयो। शाहरूख टाट पल्टिए। उनले यसलाई पछि आफ्नो गम्भिर गल्ती भनेर स्विकार गरे।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अमिताभ बच्चन

सन् २००० मा सारा संसार एकातर्फ नयाँ शदाब्दीको स्वागतमा रमाइरहेको थियो तर बलिउड महानायक अमिताभ बच्चन भने टाट फल्टिएका थिए। उनको एबिसिएल कम्पनी निरन्तर घाटामा गएपछि उनी टाट पल्टिएका थिए। अमिताभसँग फिल्म, पैसा, काम, कम्पनी केहि थिएन्। पछि चर्चित टेलिभिजन कार्यक्रम 'कौन बनेगा करोडपति' संचालन गर्न थालेपछि उनी टाट पल्टिएको अवस्थाबाट उभो लागे र आजसम्म उनी निरन्तर काम गरिरहेकै छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रीति जिन्टा

'दिलसे' र 'कल हो नाहो' जस्ता फिल्मबाट चर्चित बनेकी प्रीति जिन्टाले जब आफूलाई फिल्म निर्माणमा प्रवेश गराइन उनको आर्थिक अवस्था समस्याग्रस्त बन्न पुग्यो। उनले निर्माण गरेको 'ईश्क इन पेरिस'ले उनलाई हुनैसम्मको घाटा लगायो। सलमान खानले यस अवस्थाबाट निक्लने मद्दत गरेका थिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ज्याकी श्राफ

सुवास घइको 'हिरो' फिल्मबाट बलिउडमा डेब्यू गरेका अभिनेता ज्याकी श्राफले 'बुम' नामक फिल्म निर्माणका लागि साजिद नाडियालबाट लिएको पैसा तिर्न सकेनन्। उनी लगभग टाट नै पल्टिए। फिल्म रिलिज अगावै 'पाइरेसी'को मारमा पर्‍यो। फिल्म हलमा पैसा कमाउन पनि असफल रह्‍यो। सलमान खान जो साजितका निकट साथी हुने आफ्ना अर्का निकट साथी ज्याकीलाई ऋणबाट निस्कन सहयोग गरे।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स्वेता बासु

भारतको राष्ट्रिय पुरस्कार विजेता स्वेता बसु पन टाट पल्टिइन्। उनीसँग गर्नका लागि कुनै काम थिएन। यसको खुलासा त्यतिखेर भयो जब उनलाई एक सेक्स र्‍याकेटमा वेश्यावृत्ति गर्दागर्दै एक होटलबाट पक्राउ गरियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अभय देवल

बलिउडमा करियर राम्रैसँग स्तापित गराउने क्रममा रहेका अभयको फिल्म निर्माता बन्ने निर्णय घाटतक बन्न पुग्यो उनले ऋणधन गरेर 'वान बाइ टु' नामक फिल्म बनाए। फिल्म फ्लप भयो। फिल्म बनाउन लिएको ऋण उनले आफ्नो घर बेचेर तिरे।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

गोविन्दा

आफ्नी छोरीको डेब्यू फिल्ममा गोविन्दाले एक समय आफ्नो फुटेको कौडी समेत नभएको बताए। उनले आपूसँग रिक्सा र ट्याक्सीको भाडा तिर्ने पैसा समेत नभएको रहस्य खोलेकाथिए। उनीसँह फिल्म थिएन। फेरि सलमानले उनको समस्या हल गरिदिए। उनीहरुले सँगै 'पार्टनर' फिल्म गरेपछि गोविन्दाको अवस्ता सुध्रियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शिल्पा शेट्टी

आइपिएल क्रिकेट टिम राजस्थान रोयल्सकी मालिक रहेकी शिल्माले एकसमय टिमको प्राचार भिडियो बनाउने पैसा नभएको अवस्थामा आफू पुगेको खुलासा गरेकी थिइन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

राज कपुर

आफ्नो ड्रिम प्रोजेक्ट फिल्म 'मेरा नाम जोकर' नचलेपछि बलिउडका शोम्यान राजकपुर आर्थिकरूपमा टाट नै पल्टिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ए के हंगल

'शोले' लगायतका फिल्ममा काम गरेका ए के हगंलले बलिउडमा सबैभन्दा ठूलो दुर्दिन देखे र भोगे। जीवनका अन्तिम दिनमा उनको अवस्था यस्तोसम्म भएको उनीसँग आफ्नो औषधीको बिल तिर्ने पैसा समेत भएन। यस्तो खबर बाहिरिएपछि उनलाई बलिउडका ठूला हस्तिहरु सलमान खान, आमिर खान आदिले सहयोग गरे।

Write a Comment

Events
Random Picks