अब जुत्ताबाट चार्ज हुनेछ स्मार्टफोन
22-February-2016

प्रविधिको विकाससँगै सबै कुरा स्मार्ट हु्ँदै गइरहेको छ। यस्तैमा हालै स्मार्टफोन चार्ज गर्न मिल्ने स्पोर्ट्स जुत्ता निर्माण भएको छ। यूनिभर्सिटी अफ विस्कन्सिन मेडिसिनका मेकानिकल इन्जिनियरहरुले यस जुत्तालाई बनाएका हुन्।

मानिसहरुले यो जुत्ता लाएर हिँडेपछि उत्पन्न हुने उर्जा यसमा स्टोर गर्न मिल्ने र पछि उक्त उर्जालाई प्रयोग गर्न मिल्ने मेकानिकल इन्जिनियरिङका प्रोफेसर टम क्रुपेनकिन र वरिष्ठ वैज्ञानिक जे एशले टेलरले बताएको अन्तर्राष्ट्रिय संचार माध्याले जनाएका छन्।
 
यो प्रविधि सेनालाई निकै लाभकारी हुनसक्ने उनीहरुले बताए। क्रुपेनकिनका अनुसार निकै कम उर्जाले पनि धेरै मोबाइल डिभाइस चार्ज गर्न मिल्ने छ।
 
कति समयसम्म हिँडेपछि कति वटा स्मार्टफोन चार्ज गर्न मिल्ने कुराको जानकारी हालसम्म प्राप्त नभएको संचार माध्यमहरुले जनाएका छन्।

Write a Comment

Events
Random Picks