५ वर्षका बच्चाले नर्ससँग बिहेको प्रस्ताव राखेपछि
23-February-2016

हरेक पल मृत्युसँग संघर्ष गरिरहेका पाँच वर्षका एक बालकले हालै अस्पतालमा एकजना नर्सलाई बिहेको प्रस्ताव राखे । बिरामी बच्चाले बिहेको प्रस्ताव राखेपछि ती नर्सले हाँसेरै प्रस्ताव स्विकार गरिन् र लोग्नेको नाता पनि जोडिन् ।

बेलायतको लण्डनस्थित रेडी चिल्ड्रेन अस्पतालमा गत नोभेम्बर १७ देखि रक्तक्यान्सरको उपचार गराइरहेका गिडेयन रोबिन्सन हुन् ती बालक जसले नर्सलाई प्रपोज गरे ।

रोबिन्सन अस्पताल भर्ना भएदेखि नै उनको हेरचाह गरिरहेकी छिन् ३० वर्षकी नर्स साराह रिचर्डसनले । जागिरबाट छुटि्ट लिएर परिवारसँग विदा मनाउन जानुभन्दा पहिले साराह बाइ बाइ भन्नका लागि रोबिन्सन भएको कोठामा आइन् ।

जब नर्सले आफु विदामा जान लागेको भनिन् तब रोबिन्सनले तिनछक पार्ने प्रस्ताव गरे । उनले नर्सलाई सोधे: के तिमी म सँग बिहे गर्न राजी छौ ? उनले केवल मुखे बोलीले प्रपोज गरेका थिएनन् । गुलाबी पत्थर जडेको औँठी लगाइदिएर आफुभन्दा ६ गुणा बढि उमेरकी नर्सलाई बिहेको प्रस्ताव गरेका हुन् ।

रोबिन्सनकी आमाका अनुसार उनी त्यस दिनका लागि निकै उत्साहित थिए । आफुले तिन बजे साराहलाई प्रपोज गर्न गइरहेको कुरा उनले सबैलाई भनेका थिए र औँठी बोकेर यताउता दौडिरहेका थिए । उनले साहारा आउने ३ बजेको समय पर्खिरहेका थिए ।

साराहालाई सुरुमा त आफुलाई बिरामी बालकले प्रपोज गर्न लागेको कुरा थाहा थिएन । तर अस्पतालले भने पूरै बन्दोबस्त गरिसकेको थियो ।

बिहे प्रस्ताव गर्ने समारोहमा रोबिन्सनलाई मनपर्ने गीत एक म्युजिक थेरापिस्टले बजाइन् । झण्डै २० जनाको उपस्थितिमा सांगीतिक माहोलका बीच रोबिन्सनले साराहालाई औँठी दिएर बिहेकेा प्रस्ताव गरे । साराहाले पनि प्रस्ताव स्विकार गर्दै रोबिन्सनलाई अंकमाल गरिन् र ती बालकलाई अस्पताल पति भन्ने नाम दिइन् ।

साराह निकै सुन्दर तथा असल केटी रहेको र आफुलाई सधै मनपर्ने खेलौना ल्याएर दिने गरेको रोबिन्सन बताउँछन् ।

Write a Comment

Events
Random Picks