प्रियंकाको व्यवहारले ‘जय गंगाजल’ निर्देशक आक्रोशित
23-February-2016

बलिउड नायिका प्रियंका चोपडाले आफ्नो नयाँ चलचित्र ‘जय गंगाजल’को प्रमोशनका लागि समय नदिएपछि यसका निर्देशक प्रकाश झा आक्रोशित भएका छन् । चलचित्रको एक गीत सार्वजनिक कार्यक्रममा नायिका उपस्थित नभएको बिषयमा पत्रकारले प्रश्न उठाएका थिए । जसको जवाफ दिदै प्रकाशले आफूहरुले गर्दा अंग्रेजी सिरियल ‘क्वान्टिको’लाई फाइदा पुगेको बताए ।

उनले भने-‘हामीले दिएको ट्रेनिङको फाइदा अहिले ‘क्वान्टिको’लाई भैरहेको छ ।’ उनले जवाफ दिने क्रममा नायिकामाथि घुमाउरो शैलीमा ब्यङ्ग कसेका थिए । नायिका चोपडा अहिले हलिउड चलचित्रमा अभिनय गर्नका लागि अमेरिकामा छिन् ।

जसकाकारण उनको साथ ‘जय गंगाजल’ले पाएको छैन । यसैले यसका निर्माता र निर्देशक नायिकामाथि क्रुद्ध बनेको स्पष्ट हुन्छ । चलचित्र प्रदर्शनको समयमा नायिका बलिउड छाडेर हलिउडतर्फ लागेपछि निर्देशक आक्रोशित हुनु स्वभाविक नै हो ।

 

Write a Comment