दिनहुँ व्यस्त सडक पार गरेर रेष्टुरेन्टमा जान्छ यो पानी बिरालो
19-March-2016

आयरल्याण्डको डब्लिनस्थित सडकमा दिनहुँ एउटा अनौठो दृश्य देख्न पाइन्छ । स्याम्मी नामक एक पानी बिरालो आफ्नो मन पर्ने सामुद्रिक खाना खानको लागि हरेक दिन सावधानी पूर्वक सडक पार गर्दै एक रेष्टुरेन्टमा जाने गर्दछ ।

उक्त जिवको त्यस अनौठो हर्कत हेर्नका लागि प्राय मानिसहरुको भिड लाग्ने गर्दछ । रेष्टुरेन्टका मालिकले उक्त पानी बिरालोलाई दिनहुँ केही न केही खानेकुरा दिन्छन् । तर त्यो जनावर पाहुनालाई तृप्त बनाएर पुनः पानीमा फर्काउन भने निकै मेहेनत गर्नुपर्छ ।

योे अनौठो बानी व्यहोराको पानी बिरालो अहिले खुबै चर्चामा छ । यसको भिडियो तथा फोटोहरु इन्टरनेटमा खुबै चलेका छन् । वन्यजन्तु अधिकारकर्मीहरुले यसको सुरक्षामा चिन्ता जाहेर गरेका छन् ।

जोखिमपूर्ण तरिकाले दिनहुँ सडक पार गर्दा यसलाई कुनै दिन गाडीले ठक्कर दिएर मर्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गर्ने गरिएको छ ।

Write a Comment

Events
Random Picks