यस्ता छन् आफ्नै नाङ्गो फोटो सार्वजनिक गर्ने कलाकार
19-March-2016

नायिका एवं मोडललाई सबै भन्दा छिटो चर्चामा ल्याउने माध्यम बनेको छ न्यूड पोज । स्टिल फोटो होस् या भिडियो फुटेज । न्यूड सिन दिनेहरुलाई चर्चामा आउन खास समय लाग्दैन । विश्वमा यस्ता धेरै कलाकार छन्, जो न्यूड पोजकै कारण चर्चामा आए । टाइम्स अफ इण्डियाले न्यूड पोजकै कारण चर्चामा आएकाहरुको सूची सार्वजनिक गरेको छ ।

रियालिटी शो स्टार किम कादार्शिनले सामाजिक सञ्जालवाट आफ्नो न्यूड फोटो सार्वजनिक गरेपछि उनका वारेमा धेरै थरी टिप्पणी भयो । यसरी आफ्नै न्यूड फोटो सार्वजनिक गर्ने उनी पहिलो कलाकार थिइनन् ।

त्यसो त अर्कि मोडल कोले कादार्शिनले पनि समुन्द्रमा सेसन गरेको नग्न तस्वीरलाई मेरो सर्वोत्कृष्ट तस्वीर भन्दै इष्टाग्रामवाटै सार्वजनिक गरेकी थिइन् । मेली साईसरले वाथरुममा खिचेको सेल्फी इस्टाग्रामवाटै सार्वजनिक गरेकी थिइन् ।

डुजन कोरिसले फ्यानका लागि भन्दै गर्भवती भएको वेलामा इस्टाग्रामवाटै न्यूड फोटो सार्वजनिक गरिन् ।

अर्कि मोडल कोको अष्ट्रिनले पनि प्रसंसककै लागि भन्दै वाथरुममा नुहाउँदै गरेको नाङ्गो तस्वीर सार्वजनिक गरेकी थिइन् । बेलायती मोडल केली ब्रुकको समुन्द्र किनारमा लम्पसार परेको न्यूड तस्वीरले निकै धेरै चर्चा पायो ।

नाङ्गै भएर नयाँ वर्ष मनाएकी थिइन् मोडल तारा रिडले । नाङ्गै फोटोपोज दिएकी रिडले पछि फ्यानका लागि भन्दै तस्वीर सार्वजनिक गरिन् । तस्वीरमा उनी एउटा हातले स्तन छोपेर झलुवामा बसेको देखिन्छिन् ।

 

रिहाना

स्क्वायर म्यागजिनका लागि मोडल रिहानाले न्यूड पोज दिएकी थिइन् भने पछि त्यही फोटो सार्वजनिक गरेकी थिइन् । र्‍याम्प क्वीन भनिने बार रफैलले पनि बेडरुममा नाङ्गै बसेको तस्वीरले राम्रै चर्चा पाइन् ।

अमेरिकामा आयोजित नेक्स टप मोडलमा परेकी एडि्रना क्युरीले वक्षस्थललाई एक हातले छोपेर सेल्फी खिच्दै गरेको तस्वीर सार्वजनिक गरिन् । अर्कि मोडल निक्की मिनोजले वाथटपमै पोज दिएको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

गायिका लेडी गागाको भी म्यागजिनमा छापिएको तस्वीर इन्टरनेटमा भाइरल बनेको थियो । ब्यबसायी एवं मोडल हेडी कुल्म र्‍याम्प मोडलिङका लागि प्रसिद्ध छिन् । उनले पनि साथीभाइसँग विदा मनाउँदाको वेलाको भन्दै न्यूड फोटो इस्टाग्रामवाट सार्वजनिक गरेकी थिइन् ।

विश्वकै महंगो मोडल मानिन्छिन् सारा । उनले पनि फ्यानका लागि भन्दै न्यूड तस्वीर सार्वजनिक गरेकी थिइन् ।

Write a Comment

Events
Random Picks