नायिका अर्चना पनेरुसहितको सुटिंग टोली पोखरामा प्रहरी नियन्त्रणमा
21-March-2016

पोखरा, ८ फागुन / नायिका अर्चना पनेरु र चलचित्र निर्देशक राजु गिरीसहितको टोली पोखरामा सुटिंगस्पटबाटै पक्राउ परेको छ । निर्माण ईजाजत बिना नै चलचित्र जिस्म सुटिंग गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिस्म चलचित्र विकास वोर्डमा दर्ता नभई सिधै सुटिंग स्पटमा गएकाले नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेहरुमा निर्देशक गिरीसहित कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरु लगायत रहेका छन् ।

उनीहरु सबैलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।

Events
Random Picks