म श्रीमान् खोज्दै हिड्दिन, समाजले के भन्ला भनेर बिहे गर्दिनः प्रियंका कार्की
21-March-2016

नायिका प्रियंका कार्कीले आफू अब बिहेका लागि श्रीमान् खोज्दै नहिड्ने बताएकी छिन् । उनले अब बिहे गर्नका लागि श्रीमान् नखोज्ने बताइन् ।

आफ्नो जीवनमा पनि कोही राजकुमार आउला नि भन्दै यी नायिकाले समाजलाई देखाउनका लागि बिहे पनि नगर्ने बताइन् । उनले भनिन्-‘बिहे भनेको लाइफमा स्थापित हुनका लागि र अरुले के भन्ला भनेर पनि गरिन्छ । तर, मलाई कसले के भन्छ भनेर बिहे गर्नुछैन ।’

कार्कीका अनुसार उनले बिहे गर्ने यूवकले ‘यो काम गर, यो नगर, यस्तो गर, यस्तो नगर’ भनेर आफूलाई आदेश दिन पाउँदैन । आफू आफ्नो काममा रमेको बताउँदै यी सुन्दरीले अरुलाई देखाउन, अरुसँग तुलना गर्नका लागि बिहे नरोज्ने बताइन् ।

अमेरिकाबाट श्रीमान्लाई डिभोर्स दिएर नेपाल आएपछि प्रियंका अहिले चलचित्र क्षेत्रमा सर्वाधिक व्यस्त छिन् । उनले समाजले बिहे किन नगरेकी होला भनेर कुरा काटेको आधारमै बिहे नगर्ने तर्फ संकेत गरेकी छिन् ।

अनलाईन खबर डट कम बाट

Events
Random Picks