रोबोट-२ मा अक्षयकुमारको यस्तो लुक्स (हेर्नुहोस् फोटो)
24-March-2016

चैत्र ११/ बलिउडका सफल अभिनेता अक्षयकुमार दक्षिण भारतका अर्का अभिनेता रजनीकान्तको फिल्म 'रोबोट-२' मा डरलाग्दो रुपमा देखा पर्दैछन् ।  सुपरस्टार रजनीकान्तको सन् २०१० मा आएको सुपरहिट फिल्म 'एन्थिरन' (हिन्दीमा 'रोबोट' शीर्षकमा रिलिज भएको थियो) को सिक्वेल 'रोबोट-२' या 'एन्थिरन-२' मा 'खेलाडी कुमार' खलनायकको भूमिका निर्वाह गरिरहेका छन् । 
 

ट्विटरमा अक्षय कुमारको एक फ्यान क्लबले रोबोट-२ को सुटिङका क्रममा खिचिएको अक्षय कुमारको एक तस्बिर पोस्ट गरेको छ ।  जसमा उनी पंक्षीको प्वाँखहरुले भरिएको एक पहिरन लगाएको अवस्थामा देखिएका छन् । त्यसमा उनी सेतो कपाल, राता आँखा र निलो रंगको आँखी भुइँमा डरलाग्दो रुपमा देखिएका छन् । 
  
'रोबोट-२' या 'एन्थिरन-२' मा अक्षय कुमार जुन भूमिका निर्वाह गरिरहेका छन् उनको नाम 'डा रिचर्ड' रहेको छ। जो एक वैज्ञानिक हुन् र उनी एक कागको स्वरुपमा परिणत हुन पुगेका हुन्छन् ।  त्यसो त फिल्मलाई हिट बनाउनका लागि रजनीकान्तको उपस्थिति नै पर्याप्त हुन्छ । तर फिल्मका निर्देशक शंकर षणमुगम हिन्दी फिल्मका खेलाडी अर्थात अक्षयबाट पनि प्रभावित छन् । 
 
ट्विटमा उनको प्रश‌ंसा गर्दै लेखेका छन्, 'अक्षय कुमारसँग सुटिङ गर्न पाएर धेरै खुसी छु । उनी मेहनेती र अनुशासित छन् । उनको सहयोगी भूमिका पनि प्रशंसनीय छ ।' सन् २०१० मा रिलिज भएको 'एन्थिरन' मा रजनीकान्तले स्वयम् दोहोरो भूमिका निभाएका थिए । जसमा शीर्ष भूमिकामा रहेको  रोबोटले खलनायकको भूमिका निर्वाह गरेको थियो । 
 
अर्कातिर रजनीकान्त नै यो फिल्मका नायक पनि थिए । जसले वैज्ञानिक वसिकरणका रूपमा आफ्नो हातबाट रोबोट 'चिट्टी' को निर्माण गरेका थिए । 'रोबोट-२' या 'एन्थिरन-२' मा पनि उनी यी दुबै भूमिकामा आफैं देखिँदैछन् । 

Write a Comment

Events
Random Picks