सन्नी लियोनीको ' वान नाईट स्ट्याण्ड'
26-March-2016

मुम्बई । सन्नी लियोनी अभिनित पछिल्लो फिल्म ‘वान नाईट स्टे’को पोष्टर रिलिज भएको छ । सन्नीले ट्वीट गर्दै भनेकि छिन् ‘आउादो २२ अपि्रलमा फिल्म रिलिज हुने छ ।’

स्वीस इन्टरटेनमेन्टले निर्माण गरेको उक्त फिल्ममा सन्नी र तनुज विरानीले मुख्य भूमिका निर्वाह गरेका छन् । सन्नीले युट्युवमा भिडियो पोष्ट गर्दै भनेकि छिन् ‘फिल्मको पोस्टरमा के लेखेको छ हेरेर अन्दाज लगाउन सक्नुहुन्छ फिल्मको विषय के हो ?’

फिल्मको विषय के हो भनेर निर्माणसंस्थाले खुलाउन नचाहेपनि यौनसगै केन्द्रित भएको बताइएको छ । यस फिल्ममा सन्नी बिगतमा जस्तै बोल्ड रुपमा प्रस्तुत भएकी छिन् ।

यसअघि सन्नीले मस्तीजादेमा अभिनय गरेकी थिइन् । उक्त फिल्मले ३६ करोड रुपैंया ब्यापार गरेको थियो ।

Write a Comment

Events
Random Picks