सन्नीलाई एक रातको रेट सोध्ने को ?
27-March-2016

बलिउड नायिका सन्नी लियोनीले पत्रकारलाई थप्पड मारेको विषयले अहिले भारतीय मिडियामा राम्रै स्थान पाएको छ ।
सन्नीका श्रीमान् डेनियल वेबरले सन्नीले कसैलाई थप्पड मारेकी छैनन् भनिरहँदा पनि केही भारतीय मिडियाले दाबी गर्दै भनेको छन्-‘जब संवाददाताले सन्नी लियोनीलाई एकरातको चार्ज कति हो भनेर सोधे, सन्नीले थप्पह हानिन् ।’

‘म यो खबर सुनेर हैरान छु । मेरो श्रीमतीलाई आजसम्म कसैले पनि एकरातको चार्ज कति हो भनेर सोधेको छैन ।’ डेनियलले भनेका छन् । उनले सन्नीले थप्पड मारेको समाचार पनि झुटो भएको बताए ।

कसरी चल्यो यो हल्ला ?
होली सेलिब्रेशनका लागि सन्नी लियोनी गुजरातको हिरानगरी गएकी थिइन् । कार्यक्रम हुँदै थियो । सन्नी लगायत आयोजक संस्थाका अन्य ब्यक्तिहरु पनि होलीमा रमाउने तयारी गर्दै थिए ।

एकजना ब्यक्ति सन्नीको छेउमा आईपुगे । उनले आफुलाई पत्रकारको रुपमा परिचय दिए सन्नीसँग कुराकानी सुरु गरे । कुरानकानीकै क्रममा र केही आपत्तिजनक प्रश्न सोध्न थाले ।

एक्कासी उनले सोधे एकरातको चार्ज कति लिने गर्नु भएको छ ? प्रश्न सुने लगत्तै सन्नीले थप्पड मारिन् । पछि मात्रै थाह भयो खासमा प्रश्नकर्ता पत्रकार थिएनन् ।

उक्त घटनापछि सन्नीले कुनै पत्रकारसँग भेटघाट गरिनन् भने दिउसो गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको थियो ।

Events
Random Picks