आर्यनको एङ्ग्री अवतार(भिडियो)
3-April-2016

नेपाली चलचित्रको मेकिङ अब उच्च बन्दैछ । चलचित्रले समात्ने हरेक पाटोमा उत्कृष्टता देखिदैछ । वैशाख ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘के म तिम्रो होइन र’मा नव-नायक आर्यन अधिकारीको एक्सनले धेरैको मन जित्ने पक्का छ ।

सार्वजनिक ट्रेलरमा निर्देशक आकाश अधिकारीले रोमान्स, प्रेम र एक्सनलाई स्थान दिएका छन् । साहिल खानले यो चलचित्रको ट्रेलर तयार पारेका हुन् । नव-नायक आर्यन अधिकारीले पहिलो चलचित्रबाट नै प्रवल संभावना देखाएका छन् । यो ट्रेलरमा आर्यनको एङ्ग्री एक्सन अवतार देख्न सकिन्छ ।

Write a Comment

Events
Random Picks