यस्तो देखियीन मनिषा
4-April-2016

तस्बिरमा देखिएकी महिला हुन्, नायिका मनिषा कोइराला । मनिषाको लुक किन यस्तो भयो भनेर सोच्दै हुनुहुन्छ भने, हामी यसको बारेमा तपाइलाई जानकारी दिदैछौ । भारतको सिमलामा नायिका कोइराला अहिले एक हरर चलचित्रको छायांकनमा व्यस्त छिन् । नायिका कोइरालाले छायांकन गरिरहेको चलचित्रको नाम हो, ‘डियर माया’ । यो चलचित्रमा मानिसको मृत्यु र रगतले लतपतिएका दृश्य पनि प्रशस्त समावेश छन् । यो चलचित्रमा सिमलाका स्थानिय कलाकारले पनि अभिनय गरेका छन् । हरर चलचित्रको छायांकन हेर्नका लागि स्थानिय दर्शकको भिड बाक्लो देखिएको छ । क्यान्सरका कारण केही बर्ष चलचित्र क्षेत्रबाट टाढा देखिएकी मनिषा अहिले फेरि सक्रियताका साथ बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् ।