नेपालमै पहिलो पटक ‘नेपाल्स गट ट्यालेण्ट’
4-April-2016

जक्शन डटकम पोखरा,२२ चैत ।

के तपाईसँग पनि प्रतिभा छ र  त्यसको लागी प्ल्याट्फर्मको खोजीमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने खुसीको खबर छ । नेपालमै पहिलोपटक नेपाल्स गट ट्यालेण्ट नामक प्रतियोगिता आयोजना हुने भएको छ । जहाँ सबै खाले प्रतिभा भएका ब्यक्तिहरुले आफ्नो प्रतिभा देखाउन पाउने छन् । बिहानी सांगीतिक समुहले आयोजन गर्न लागेको यस प्रतियोगितमा गित गाउने, नाच्ने लगायत जस्तोसुकै प्रतिभावन् ब्यक्तिहरुले सहभागीता जनाउन सक्ने छन् । 

‘हाम्रो देशमा बिशेषतः गित गाउने र नाच्ने प्रतियोगीता मात्र हुने गरेका छन्’ आयोजक संस्थाका बिकास सापकोटाले भने ‘यस प्रतियोगीतामा सबै खाले प्रतिभाहरुलाई समेट्ने छौं’ । देशका विभिन्न स्थानमा अडिसन हुने र त्यहाँबाट छानिएका उत्कृट प्रतियोगिहरुलाई फाइनलको लागी पोखरा बोलाइने उनले जानकारी दिए । 

आयोजकका अनुसार ६ स्थानमा अडिसन लिइने छ । जसमध्ये डुम्रेमा बैशाख ११, दमौलीमा बैशाख १८, दुलेगौंडामा बैशाख २५, बुटवलमा जेठ १, स्याङ्जामा जेठ ८ र पोखरामा जेठ २२ गते अडिसन हुनेछ । अडिसनमा सहभागीताका लागी एकल प्रस्तुतीको लागी  ५०० र सामुहीक प्रस्तुतिका लागी १००० तिरेर फर्म भर्न सक्नेछन् । 

पहिलो चरणको अडिसन बाहेक अन्य चरणहरु नेटिभी प्लस र फेवा टेलिभिजन मार्फत दर्शकहरुले हेर्न सक्नेछन् ।  प्रतियोगितको मुख्य प्रायोजकमा वेलकम न्यु फेशन स्टोर, डुम्रे, सहप्रायोजकमा स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, दुलेगौंडा र प्रयोजकमा सुस्मिता स्टोर्स खैरेनिटार रहेका छन् । यस्तै पावर्ड बाइमा सङ्स नेपाल, सपोर्टेड बाइमा एम्नुज डान्स स्कुल र पल्स रेकर्डिङ स्टुडियो रहका छन् । 

टेलिभिजन पार्टनरमा नेटिभी प्लस र फेवा टेलिभिजन छन् भने अनलाइन पार्टनरमा जक्शन डटकम रहेको छ । 

 

Write a Comment

Events
Random Picks