‘प्रेमगीत’ले ५१ दिन मनाउँदा रेखाले पठाइन् केक
7-April-2016

‘प्रेमगीत’ यूनिटले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ५१ दिने पार्टी दिएको छ । पत्रकार, चलचित्रकर्मीको उपस्थितीमा चलचित्रका कलाकार र निर्माण यूनिटले केक काटे । रोचक कुरा त के छ भने चलचित्रको ५१ दिने पार्टीमा तयार पारिएको केक नायिका रेखा थापाबाट उपहार आएको थियो । रेखाले चलचित्र सफल भएकोमा वधाई दिदै केक उपहार पठाएकी थिइन्, जसलाई चलचित्रका निर्देशक सुदर्शन थापा, निर्माता सन्तोष सेन, नायक प्रदिप खड्का, नायिका पूजा शर्मा लगायतले एकसाथ काटेका थिए । माघ २९ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र गोपि, गुण लगायतका हलमा प्रदर्शन भैरहेको छ । कार्यक्रममा उपस्थित भएका सूचना तथा संचारमन्त्री शेरधन राइले चलचित्रसँग आवद्ध चलचित्रकर्मी, रंग पत्रकारलाई मायाको चिनो प्रदान गरे । उनले चलचित्र क्षेत्रको विकासमा अब सरकार लाग्ने बताए ।