हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को ट्रेलरमा यस्तो देखियो काठमाडौं (भिडियो)
14-April-2016

वैशाख २ । केही महिनाअगाडि काठमाडौंमा सुटिङ गरिएको हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’को ट्रेलर सार्वजनिक भएको छ । २०१५ को नोभेम्वरमा यो फिल्मको टिम सुटिङका लागि नेपाल आएको थियो ।

हलिउडको प्रसिद्ध मार्वल स्टुडियोले निर्माण गरेको यो फिल्ममा बेनेडिक्ट कम्बरब्याचले मूख्य भूमिकामा अभिनय गरेका छन् ।

फिल्मको ट्रेलर काठमाडौं सहरको दृश्यबाट सुरु हुन्छ । पशुपति आर्यघाटनेरको पुलमा नेपालीहरुसँगै फिल्मको हिरो देखिन्छन् । ट्रेलरमा काठमाडौं सहरको एरियल सटदेखि स्वयम्भुको दृश्यसम्म देखिन्छ । फिल्ममा न्युरोड–असन क्षेत्र पनि देखिन्छ ।

फिल्ममा काठमाडौंबाहेक हिमाली क्षेत्रका पनि केही दृश्य छन् । काठमाडौंबाहेक लन्डन, हङकङ र न्यूयोर्क सहरमा पनि यो फिल्मको छायाँङकन गरिएको छ ।

 

Write a Comment

Events
Random Picks