प्रेमगीत विवाद : निर्माता र अभिनेता एकतिर–निर्देशक र अभिनेत्री अर्कोतीर
27-April-2016

२०७२ सालमा निर्माण भई रिलीजमा आएको सर्वाधिक चर्चित सिनेमा प्रेमगितको चर्चा अझैपनि सिनेमा वजारमा चलिरहेको छ । अझैसम्म पनि देश तथा विदेशमा यो चलचित्र हेर्नका लागी माग आईरहेको निर्माण युनिटले वताएको छ । चलचित्र निकै चल्यो । दर्शकले अथाह मन पराए । चलचित्र चलेपछि यसले स्वतः व्यापार पनि गरेको छ । चललचित्रमा विशेषगरि नायीका पुजा शर्माकै चर्चा चल्यो । जुन कथा नायीका शर्माको रियल स्टोरीमा वनेको थियो, जस्लाई थापाले चलचत्रिको पर्दामा ल्याएका थिए । रियल स्टोरीमा अभिनय गरेकाले समेत चलचित्र निकै राम्रो वनेको निर्देशक थापाको भनाई छ ।


यदपी चर्चासँगै प्रेम गित फिल्म भित्र केही सामान्य कुराले विवादीत पनि वन्यो । नेपाली सिनेमा सम्वन्धी जान्नेवुझ्नेहरु प्रेमगितलाई वलिउड स्तरकै फिल्म भएको समेत सहर्ष स्विकारे । चलचित्र निकै राम्रो वनिरहेका वेला निर्माता र निर्देशकविचको विवादले लिएको उग्र रुप अझै साम्य हुन सकिरहेको छैन । जस्ले गर्दा अनुभवी निर्देशक सुर्दशन थापा र निर्माता सन्तोष सेनको आगामी प्रोजेक्ट सकारात्मक हिसावले अगाडी वढ्दा जस्तो देखिएको छैन ।
यो विवादले विशेषगरि निर्देशक थापालाई भन्दा पनि निर्माता सेनलाई गाह्रो पर्ने देखिन्छ । यसअघि सेनकै चंखे, संखे, पंखे र प्रेम गित दमदार रुपमा निर्माण गरेका निर्देशक थापालेनै निर्माता सेनलाई यो क्षेत्रमा चिनाएका थिए । यिनै समान्य विवादलाई साम्य हैन, वढाउँदै जानेहो भने निर्माता र निर्देशकविचको सम्वन्ध टुट्नेछ ।

यसले गर्दा सेनलाई भोली विहान निर्देशक थापालाई गुमाएकोमा एक खालको भुल हुन सक्नेछ । केही गोप्य स्रोतले वताए अनुसार सुर्दशन थापा र नायीका पुजा शर्मालाई एकातिर र नायक प्रदिप खड्का र निर्माता सेन अर्कातिर रहेर कुरा विवादीत वनिरहेको छ । स्रोतको दावि यो पनि छ की, नायीका पुजा र निर्देशक थापालाई एकातिर राखेर निर्माता टिमले नराम्रा समाचार वनाउन लगाउने देखी साना साना कुरालाई लिएर गसिप वनाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । खास विवाद कहाँवाट के भैरहेको हो ?, हामीले निर्देशक थापालाई सोध्यौं । निर्देशक थापाले आफु काममै वढि केन्द्रित र त्यसपछिका कुराको पछि नलाग्ने वताए । उनले भने, -‘दर्शक र स्वयं फिल्म नगरीका मानिसले वुझ्ने कुरा यो हो की, मैले के कस्ता खालका चलचित्र हिजो वनाए र मेरो काम कस्तो हो उहाँहरुले वुझिसकेका छन्, मलाई साना कुराको पछि लाग्ने २ मिनेट फुर्सदै छैन ।’

स्रोतले हामीलाई जानकारी दिए अनुसार भ्रखरै मिडीयामा दर्शकले रुचाएनन पुजालाई र निर्माता र नायकलाई अनफ्रेण्ड, व्लक गरेका समाचार मिडीयामा आएको निर्माता सेन र नायक खड्कालेनै हो । यदि मिडीयामा निर्माता र नायकले यो समाचार लेख्न लगाएको भए त्यसको नकारात्मक रिजल्ट स्वयं निर्माण युनिटले व्योहोर्नुपर्नेछ । पुजा शर्मा चलचित्रको नायीका हो, सुर्दशन थापा निर्देशक । उनिहरु प्रेम गित टिमकै सदस्य हुन, चलचित्र भित्रका सदस्यहरुका वारेमा नराम्रा समाचार वाहिर आउनु निर्माण युनिटकै लागी गाह्रो विषय हो, जुन कुरा निर्माण टोलीले वुझेको छ या छैन त्यो उनिहरुलैनै जानुन ।

विवाद उग्र वनिरहेपनि खास कारण यस्तो हो र यो कारणले विवाद भैरहेको छ भन्ने स्पष्ट भनाई कतैवाट पनि आएको छैन ।  यदि यो युनिटले भोलीका दिनमा सँगै काम गर्नुपर्नेहो भने आजकै दिन विवाद मिलाएर अगाडी वढ्नुको कुनै विकल्प छैन ।

From nagarikaawaj.com

Write a Comment