‘फ्रिसी’ बेल्जियममा
4-May-2016

वैशाख १८, २०७३- गुरुङ भाषाको चलचित्र ‘फ्रिसी’ (युवा) बेल्जियममा प्रदर्शन गरिएको छ। खराव प्रवृत्तिमा फसेको मानिस कसैको साँचो सदभाव र उत्प्रेरणाले पुरै बदलिन सक्छ भन्ने फिल्मको मर्म छ ।

यस अघि कोरियाबाट आफ्नो रेड कार्पेट प्रिमियर सुरु गरेको फिल्म अन्य युरोपेली मुलुकमा पनि प्रदर्शन गरिने भएको छ। युग गुरुङले आफ्नै पटकथालाई निर्देशन गरेको यस फिल्ममा प्रतिक घले र धनमाया गुरुङले नायक, नायिकाको भूमिकामा अभिनय गरेका छन् ।

फिल्ममा कुलतमा लागेको युवाको कहानीलाई प्रस्तुत गरिएको छ। नशाको सुरमा शिक्षिका घनामाया गुरुङलाई मोटरले घाइते बनाएका प्रतिक उपचारको क्रममा गुरुङको सेवामा रहँदा उनको प्रेरणाबाट समाजसेवी भएको फिल्ममा देखाइएको छ ।

गुरुङ भाषामा तयार गरिएको फिल्मको नेपाली भाषामा सबटाइटल रहेको छ। फिल्मको संवादमा प्रयोग गरिएको भाषाको मौलिकताले दर्शकलाई मनोरञ्जन दिएको छ ।

कास्की जिल्लामा छायांकन गरिएको फिल्मले गुरुङ संस्कृति र रहन सहनलाइ उजागर गरेको छ।

तमु समाज बेल्जियम र सिक्लेस पार्चे कल्याणकोषको संयुक्त आयोजनामा फिल्मको प्रदर्शन गरिएको थियो । प्रवासमा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्वेश्यले प्रदर्शन गरिएको आयोजकले बताए ।

 

 

Events
Random Picks