अर्चना पनेरु अभिनित विवादित चलचित्र ‘छेस्को’ले पायो “A” सर्टिफिकेट
23-May-2016

पोस्टरबाटै चर्चा र विवाद बटुलेको फिल्म ‘छेस्को’ले सेन्सरबाट “A” सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष माथिका दर्शकले मात्र हेर्न पाउनेछन् ।

13241366_1134264366668459_887300131474739241_n

फिल्मका कलाकार करण क्रेजि श्रेष्ठले जेठ २१  बाट रिलिज हुने यो फिल्मले सेन्सरबाट “A” सर्टिफिकेट पाएको जानकारी गराए । फिल्मले गरेको ब्यापारको १५ प्रतिशत रकम अनाथ बालबालिकाका लागि उपलब्ध गराउने भएपछि चलचित्र बिकास बोर्ड र सेन्सरबाट राम्रो साथ पाएको उनले बताए ।

पोर्न स्टार बन्छु भन्दै अभिव्यक्ति दिएकी अर्चना पनेरुले ‘छेस्को’ मा केन्द्रिय भूमिका निभाएकी छिन् । अर्चना सँगै लिड रोलमा देखिएका राजन कार्की फिल्मका लागि नयाँ अनुहार हुन् । सुरज प्रधान निर्मित फिल्मलाई सुरेश थापाले निर्देशन गरेका छन् । फिल्म जेठ २१ गतेबाट देशभर प्रर्दशन हुदैछ ।

13240750_1134264373335125_7500431746209876284_n

Kharbarbani.com मा लेखिएको छ।

Write a Comment