दोषी पाइए सन्नीलाई पाँच वर्ष जेल!
28-May-2015

युवालाई बिगार्ने गरी अश्लिता फैलाएको आरोप

फिल्ममा गरेका अभिनयका कारण पनि बलिउड कलाकारहरू बेलाबेलामा कानुनी झमेलामा फसिरहन्छन्। उनीहरुका विरुद्ध  प्रहरी र अदालतमा दर्जनौ उजुरी पर्ने गर्छन्। केही समय पहिले आमिर खानका विरुद्द पनि 'पिके' फिल्म रहेको उनको नग्न पोस्टरलाई लिएर उनीमाथि अश्लिलता फैलाएको भन्दै मुद्दा परेको थियो। त्यस्तै झमेलामा अभिनेत्री सन्नी लियोनी पनि परेकी छन्।

पछिल्लो साता इन्टरनेटमा अश्लिल भिडियो अपलोड गरेको भन्दै एक महिलाले सन्नीका विरुद्ध पुलिस चौकीमा उजूरी गरेपछि बुधबार सन्नी आफ्ना वकिलसहित प्रहरी चौकी जान बाध्य भइन। उनका विरुद्ध सामाजिक कार्यकर्ता र अंजली पालनले मुम्बईस्थित डम्बेवली रामनगर प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्।

पालनले उजूरीमा सन्नीले आफ्नो ब्लगमा युवालाई भड्काउने तथा विचलित पार्ने अश्लिल भिडियो तथा तस्वीर अपलोड गरेको आरोप लागाएकी छन्। उनको उजूरी पछि प्रहरीको साइबर सेलले सन्नीलाई कानुनी परिपत्र गरेको थियो। त्यस परिपत्रको जवाफ दिन सन्नी बुधबार आफ्ना वकिलसहित उपस्थित भइन। प्रहरीले उनको बयान लिएको छ।

सन्नी करिब डेढ घण्टासम्म त्यहाँ रहेकी थिइन। उनका विरुद्ध सेक्सन तीन तथा ईन्डियन पेनल कोडको धारा २९२, २९२ ए, २९४ तथा ३४ अन्तरगत मुद्दा दर्ता गरिएको छ। यी मुद्दामा दोषी ठहर भए सन्नीलाई पाँच वर्षसम्मको कैद सजाय हुनसक्छ।

 

 

 

source:http://kala.setopati.com/bollywood/1179/

Write a Comment

Events
Random Picks