" जिवनभरको खुशि तिमीलाई " म्युजिक भिडियो सार्बजनिक
24-June-2016

सुशन घिमिरे , पोखरा । चर्चित गायिका मेलिना राई र गायक सोम लिम्बुको आवजमा रहेको जिवनभरको खुशि बोलको म्युजिक भिडियो पोखरामा एक कार्यक्रमका बिच सार्बजनिक गरिएको छ । म्युजिक भिडियो लाई बिनोद एडि ले निर्देशन गरेका हुन् । मोडल सबिया र निर्देशक एडि भिडियोमा फिचरिङ छन् । सबियाको डेब्यु भिडियो हो भने निर्देशक एडि यस अघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । कार्यक्रममा बोल्दै संगितकर्मि शितलभेट बस्याल,संचारकर्मि सन्तोष बस्याल लगाएतले पोखरामा बनेका म्युजिक भिडियो स्तरिय हुन्छन् भन्ने अर्को उदाहरणको रुपमा यसलाई लिन सकिने बताए । गायक लिम्बुको शब्दमा रहेको उक्त गित एस डि प्रोडक्सनको व्यानरमा सोपन सरकारले निर्माण गरेका हुन् ।